top of page

दुई वर्ष पूरा गरेर अब तपाईको बच्चा तेस्रो वर्षमा टेक्दैछ । ऊ अझै बढ्दै, विकसित हुँदैछ । विगतमा अधिकांश कुराहरु हेरेर, सुनेर तथा अनुभव गरेर थाहा पाएकोमा अब धेरैकुरा उनीहरुले सोच मार्फत् थाहा पाउँछन् । उनीहरुको भाषा अझ राम्रो भइसकेको हुन्छ र अब नाम, सोच तथा विविध क्रियाकलापमा तस्विरलाई समेत सँगै जोड्न थाल्छन् । विगतमा बच्चा आफू बाहेक अरुहरु कुनै पनि समस्याको समाधान सहित आउने कुरा चाहन्थे भने अब उनीहरु आफै प्रयास तथा गल्तीको माध्यम मार्फत् समस्याको समाधान गर्न उन्मुख हुन्छन् । सामाजिक परिवेशमा हुर्केसँगै उनीहरु अब थप जटिल विचारहरु बुझ्न सक्षम हुन्छन् । अब उनीहरु समयको अवधारणा बुझ्न थाल्दछन् (जस्तै खाना खाइसकेपछि खेल्नुपर्छ), साथै विविध वस्तुहरुको संयोजन बारे पनि उनीहरुलाई ज्ञान हुन्छ । अंक विशेष गरी दुई अंकको महत्व समेत उनीहरु बुझ्न थाल्दछन् । उमेर बढ्दै जाँदा उनीहरु कारण र प्रभावको अवधारणा बुझ्दै जान्छन् । (उदाहरणका लागि उनीहरु विद्युतीय सामाग्रीको बत्ति बाल्न तथा निभाउन थाल्दछन् ) । बच्चाको खेल अझ बढी जटिल हुँदै गएको महसुस पनि तपाईले गर्नु थाल्नु हुनेछ । एउटा खेलबाट हठात् अर्को खेलमा जानु अघि, उनीहरुले एउटा गुडीयामाथि अर्को गुडीया राखेर सुताउन खोज्छन् । उनीहरु गुडियालाई खाना समेत दिन थाल्छन् । उनीहरुले दिनहुँ गर्ने गतिविधि जस्तै उठ्नु, नुहाउनु, खानु, सुत्नु जस्तै गतिविधि गर्नु सामान्य नै हो । वौद्धिक क्षमतामा वृद्धिका कारण घर भित्र वा वाहिर भएका सवै कुराहरु मेरै कारणले भएको हो भन्ने बच्चाले बुझ्न थाल्दछ । यसै कारणले गर्दा बच्चालाई मृत्यु, रोग, सम्बन्ध विच्छेदका विषयमा सही तरिकाले बुझाउन कठिन हुन्छ । यहाँ के कुरा याद गर्नुपर्छ भने जब आमा–बुबाबीच सम्बन्ध विच्छेद हुन्छ वा परिवारका कुनै सदस्य विरामी हुन्छन्, बच्चाले त्यसका लागि आफैलाई दोषी मान्छ । अभिभावक भएको नाताले यसमा तपाई गम्भीर हुनै पर्छ । 

दुई वर्षको उमेर सजिलो उमेर होइन, यो उमेरमा बच्चालाई केही कुरा बुझाउन अत्यन्त कठिन समेत हुन सक्छ । उनीहरु अझै त्यस्तो उमेरमा छन् जहाँ सोचहरु नै सार हुन्छन् र जटिल उपाय पक्कै पनि कठिन हुन्छ। वास्तविकता र परिकल्पनाबीचको उनीहरु प्रष्ट हुन सक्दैनन् । यसै कारणले तपाईले बुद्धिमतापूर्वक शब्दहरु चयन गर्नुपर्छ । तपाईले हल्का रुपमा प्रयोग गरेको वाक्य जस्तै “धेरै खायौं भने तिमी पड्कन सक्छौं है” ले बच्चालाई समस्यामा पार्न सक्छ किनकि तपाईको वाक्यको सारलाई बच्चाले सही रुपमा बुझ्न सकेको हुँदैन ।यसबाहेक यो उमेरमा तपाईले तलका बुँदाहरुमा अझ बढी उपलब्धी भएको देख्न सक्नु हुनेछ। 

चाल - यो उमेरमा वच्चा एक्लै हिड्न थाल्दछ । हिडाईको बखत पनि बच्चाहरु हातमा केही .खेलौना वा केही सामान तानिरहेका हुन्छन् । नलडिकन नै उनीहरु दौडन थाल्छन् । आंैलाको सहायताले उभिन सक्छन् र बललाई लात्तीले हान्न थाल्छन् । ओछ्यानमा बच्चा एक्कलै हिँडेर पुग्न सक्छ र फर्कन समेत सक्षम हुन्छ । दुई वर्षको भएपछि अधिकांश बच्चा बोल्न थाल्दछन् भने पर्खाल र रेलिङको सहयोगमा भ¥याङबाट तल झर्न सक्छन् । 

हातको नियन्त्रण - अधिकांश बच्चाहरु पेन्सिल र कलरको सहायताले कागजमा कोर्न सक्छन् । यसका लागि उनीहरुले आफ्नो प्रमुख हात प्रयोग गर्छन् । 
४ वा सो भन्दा बढी खेलौनाको ब्लकको प्रयोग गरी उनीहरुले टावर बनाउन सक्छन् । तीन वर्ष हुँदै गर्दा बच्चाले गोलो वा अन्य लाइन बनाउन सक्नु पर्छ । ठीक यही समयमा उनीहरु पेन्सिल समात्ने हुन्छन् । 

भाषा–नाम सुन्ने बित्तिकै तपाईको बच्चाले कुनै पनि वस्तु वा चित्र देखाउन सक्छ । सुनिरहेका नामहरु (जस्तै परिवार, शारीरिक अंग) सँग उनीहरु परिचत हुन्छन् । केही शब्दहरु भन्न सक्छन् भने केही साधारण अवधारणा पनि सुनाउन सक्छन् । सुनेका शब्दहरु दोहोरयाउन सक्छन् भने २–४ वाक्यहरु भन्न समेत सक्ने हुन्छन् । महत्वपूर्ण कुरा के हो भने यो समयमा तपाईको बच्चा वरपरको वातावरणमा रमाउन भाषा सहितको संवाद गर्न थाल्दछ । 

बौद्धिक विकास - कम्बल मुनि लुकाइएका बस्तुहरु समेत तपाईको बच्चाले फेला पार्न सक्छ । आकार तथा रङहरुको आधारमा उनीहरु वस्तुहरुलाई छुट्टाउन सक्ने हुन्छन् । उनीहरुको सोच धेरै विकसित भइसकेको हुन्छ । 

सामाजिक विकास - बच्चाहरुले यो समयमा वयस्क तथा आफ्नै उमेरका अरुको व्यवहारको नक्कल गर्छन् । समय बित्दै जाँदा उनीहरुले अन्य मानिस भन्दा आफूहरु फरक भएको महसुस गर्छन् । अन्य बच्चाहरुको साथमा रमाउन थाल्दछन् । कहिलेकाँही तपाईको विरोध गरेर समेत तपाईले पहिला अनुभूति नगरेको स्वतन्त्रता उनीहरुले प्रस्तुत गर्छन् । क्रमशः उनीहरुले तपाईको बिछोडमा एक किसिमको अप्ठ्यारो महसुस गर्न थाल्दछन् । 

माथि नै उल्लेख भए अनुसार बच्चाहरु आफ्नै तरिकाले बढिरहेका हुन्छन् । माथि उल्लेखित समय र वृद्धि विकासको ढाँचामा केही फरक परेमा समेत तपाई आत्तिनु पर्दैन । तर तल उल्लेखित अवस्थमा भने तपाईले चिकित्सकलाई सम्पर्क गर्नु पर्ने हुन्छ । 

१८ महिनाको भइसक्दा पनि बच्चा सहज तरिकाले हिड्न नसकेमा
१८ महिनाको हुँदा कम्तीमा पनि १५ वटा शब्द भन्न नसकेमा 
दुई वटा वाक्यहरु भन्ने नसकेमा 
१५ महिनाको भइसक्दा पनि फोन, काँटा चम्चा आदिको प्रयोगबारे अनविज्ञ भएमा
शब्दहरु नदोहोरयाएमा वा सामान्य गतिविधि नक्कल गर्न नसकेमा  
दुई वर्षको उमेरमा पनि खेलौना धकेल्न नसकेमा 

bottom of page