विकास, तीन वर्ष कति चाँडो बितिसक्यो, के तपाई विश्वास गर्नुहुन्छ ।
अब तपाईको बच्चा चार वर्षमा प्रवेश गरेको छ, र ऊ दिनप्रति दिन बढ्दै विकसित भइरहेको छ । अबका दिनहरु तपाईको बच्चाको विश्व परिकल्पनाले भरिपूर्ण हुन्छ । यो वर्ष विभिन्न क्षेत्र र दिशामा उसको विकास हुन्छ ।
नयाँ के ?
तपाईले धेरै देख्न सक्नु हुनेछ । तर याद गर्नुहोस्, प्रत्येक बच्चाको आफ्नै शैली हुन्छ, त्यसैले एकै समयमा सबै बच्चाले एक थोक गर्छन् भन्ने होइन । यसले गर्दा नै सबै बच्चा आ–आफ्ना तरिकाले विशेष हुन्छन् ।
उसको सामाजिक जीवनमा एक किसिमको क्रान्ति नै आउँछ । यही उमेरमा तपाईको बच्चा औपचारिक रुपमा शिक्षा प्रणालीको एउटा अंश हुन्छ । उसको सामजिक सीपमा पनि अभूतपूर्व विकास हुन थाल्छ । ऊ अब आफनो उमेर समूहका बच्चाहरुसँग करीब २० मिनेट वा त्यो भन्दा बढी समय सम्म खेल्न सक्छ । (यो अवधि पक्कै पनि उसका लागि लामो नै हो) संगठित खेलमा उसले आफ्नो भूमिका पनि बोध गर्न थाल्छ । असन्तुष्ट भएमा खेलमा आफ्नो भूमिकाबारे उसले कुरा समेत गर्न सक्छ । उसको सामाजिक सीपमा मात्र सुधार आएको हुँदैन, शारिरिक क्षमता पनि विकसित हुन्छ । कसरी उफ्रने भन्ने कुरा उसले सिक्न थाल्छ । केही समय ऊ एक खुट्टाको सहयोगमा मात्र उभिन पनि सक्ने हुन्छ । वयस्कको सुपरिवेक्षण तर कुनै सहयोग बिना राम्ररी भ¥याङ तलमाथि गर्न सक्ने हुन्छ । त्यस्तै बललाई लात्तीले हान्ने, टाउको माथि उफ्राने, समात्ने गर्न थाल्दछ । क्रमशः ऊ छिटो छिटो अगाडि पछाडि दौडन सक्छ । हात माथिको उसको नियन्त्रणमा पनि सुधार आउँछ, साथ साथै उसमा नयाँ नयाँ क्षमताको विकास पनि हुन्छ । गोलाकार वर्गकार जस्ता सरल आकृतिहरु कोर्न समेत सक्ने हुन्छ । त्यस्तै केही शब्दको नक्कल समेत गर्न थाल्दछ । बच्चा र तपाई सँगै कुनै आकृति कोर्न बसेमा तपाईको बच्चाले हात, खुट्टा तथा मुख सहित मान्छेको आकृति बनाएको देख्न सक्नु हुनेछ । वयस्कको सुपरिवेक्षणमा कैचिका कसरी प्रयोग गर्ने भन्ने कुरा पनि उसले सिक्छ । आफै लुगा लगाएर, जुत्ता लगाएर ऊ अझ बढी स्वतन्त्र हुन चाहन्छ । तर ध्यान दिनुहोस्, टाँकहरु लगाउने भने उसलाई अझ कठीन हुनेछ । तपाईको बच्चाको भाषा दक्षता पनि क्रमश बढ्दै जान्छ । तीन वर्षको भएसँगै उसले समानता र भिन्नताको अर्थ बुझ्न थाल्दछ । माथि, तल यस्तै यस्तै कम्तीमा पनि तीन वटा व्याख्यात्मक शब्दबारे ऊ जानकार हुन्छ । ५–६ शब्द प्रयोग गरी वाक्यहरु बनाउन थाल्दछ र ध्यान दिएर सुन्ने नयाँ नयाँ व्यक्तिलाई समेत कथाहरु सुनाउन थाल्छ । रङहरुको प्रयोग बारे पनि ऊ जानकार हुन्छ । उसले ३ वा त्यो भन्दा माथि सम्म सामान्य गणना पनि गर्न थाल्दछ । समय बित्दै जाँदा समयको धारणा बुझ्दै ऊ काल्पनीक विश्वमा खेल्न थाल्दछ । नयाँ नयाँ अनुभवबाट ऊ रोमाञ्चित हुन्छ । अन्य बच्चाहरुसँग पनि खेल्न थाल्छ र कहिलेकाँही त आमा र बुबाको अभिनय समते गर्न सक्ने हुन्छ । भूतहरुको बारेमा समेत उसले कल्पना गर्न थाल्दछ । अझ बढी स्वतन्त्र भइरहेको अवस्थमा केही विषयमा ऊ झगडालु समेत हुन सक्छ । यसलाई सामान्य रुपमा लिनुहोस्, यो त मात्र शुरुवात हो ।
माथि नै उल्लेख भए अनुसार बच्चाहरु आफ्नै तरिकाले बढिरहेका हुन्छन् । माथि उल्लेखित समय र वृद्धि विकासको ढाँचामा केही फरक परेमा समेत तपाई आत्तिनु पर्दैन । तर तल उल्लेखित अवस्थमा भने तपाईले चिकित्सकलाई सम्पर्क गर्नु पर्ने हुन्छ ।
-
बच्चाले टाउको माथिबाट बल फ्याक्न नसकेमा वा उफ्रन नसकेमा
-
अभिभावकलो छोड्दा नाटकीय रुपमा रोएमा
-
दुखी वा रिसाएको बेलमा आफूलाई नियन्त्रण गर्न नसकेमा
-
अरु बच्चालाई वास्ता नगरेमा, परिवारका सदस्य बाहेका व्यक्तिप्रति प्रतिक्रियाविहिन भएमा वा रमाइलो खेलमा सहभागी नभएमा
-
बुढी औला र अन्य औलाको सहयोगमा लेख्ने कुरा च्याप्न नसकेमा
-
गोलकार बस्तुको आकृति उतार्न नसकेमा
-
३ वटा त्यो भन्दा बढीका शब्द प्रयोग गरी वाक्य बनाउन नसकेमा
-
खेलौनमा बस्दा वा सामाजिक, भाषिक परिवेशमा तपाईको बच्चाले अरुले भन्दा कठीनाई महसुस गरेमा चिकित्सकलाई भेट्नुहोस् ।