तिन वर्षको भएपछि बच्चामा खाना तथा मायाको बीचमा कुनै अलमल देखिन्न । खाना खान इन्कार गरी उसले कुनै प्रतिक्रिया जनाउँदैन । यो उमेरमा भोकाएपछि मात्र बच्चाले खान थाल्दछ । बच्चालाई केही सिमित खानेकुरा मात्र मन पर्न सक्छ र उसको खानेबानी दिनदिनै परिवर्तन हुन सक्छ । यो स्वभाविक प्रक्रिया भएकाले तपाई आत्तिनु पर्दैन । बच्चाले अधिक गुलियो, अमिलो तथा चिल्ला खानेुकरा नखाए सम्म तपाईले कुनै रोकतोक लगाउनु पर्दैन । उसको खानपीन स्वस्थ्यर छैन भने उसले नचाखेका नयाँ स्वादहरु दिन सकिन्छ । प्रत्येक पटक टेबलमा स्वस्थ्य खानेकुरा उपलब्ध हुनु महत्वपूर्ण हुन्छ । यदि उसले स्वस्थ्य खानेुकार रुचाउँछ भने, उसले जे चाहन्छ, खान दिनुहोस् । तर ऊ जिद्यी छ र साग सब्जी जस्ता स्वस्थ्य खानेकुरा रुचाउँदै भने पनि हरेश नखानुहोस् । बच्चालाई नियमति रुपमा स्वस्थ्यकर खाना दिनुहोस्, कुनै बिन्दुमा उसको मन परिवर्तन पनि हुन सक्छ । खानपीनको सबालमा दीर्घकालिन असर पार्न यो उमेर अत्यन्त महत्वपूर्ण हो भन्ने कुरा तपाईले बुझ्नुपर्छ ।
टिभीमा आउने विविध खानेुकराको विज्ञापन स्वस्थ्य पोषण्का सत्रु हुन् । अध्ययनले के प्रमाण्तिा गरेको छ भने हप्ताको २२ घण्टा भन्दा बढी टिभी हेर्ने बच्चा मोटोपनको शिकार हुन सक्छ ।
यो समयमा बच्चालाई विज्ञापनहरुबाट कसरी जोगिने थाहा हुँदैन, त्यसल्े चकलेटका विज्ञापनहरु उनीहरुका लागि निकै घातक हुन सक्छन् ।
निचोडमा, घर भित्र र बाहिर दुवै ठाउँमा बच्चाको खानपीनमा तपाईले ध्यान दिनुपर्छ । आउदो दिनहरुमा उसको जिवनमा तपाईको प्रभाव अथाहा हुनेछ ।