top of page
शारीरिक गतिविधि

शारीरिक गतिविधि

बच्चाको सामान्य विकासका लागि अरु बच्चाहरुसँग खेल्नु आवश्यक हुन्छ किनकि खेलको समयमा बच्चाले जीवनउपयोगी धेरै कुराहरु सिक्न सक्छ । यसो गर्नाले लामो समय सम्म सामाजिक सम्बन्ध कायम गर्न बच्चाले नयाँ नयाँ साथीहरु भेट्छ । बच्चा खेल मैदानमा रमाइरहेको बेला तपाई स्वयं पनि त्यहाँ पुग्नु महत्वपूर्ण हुन्छ । घरको वातावरणमा ध्यान दिनुहोस् र घरलाई खेलको समयमा सुरक्षित पार्नुहोस् । अरु बच्चाहरुसँग कसरी राम्रोसँग खेल्ने भनेर सिकाउनुहोस् । याद गर्नुहोस्, यो एकै पटकमा सिकिने कुरा होइन । वरपरको वातावरण र तपाईबाट बच्चाले के सिकेको छ त्यो महसुस गर्न दिनुहोस् । खेलका लागि अवसर जुटाउनु महत्वपूर्ण हुन्छ । यसका लािग अन्य बच्चालाई तपाईको घरमा आमन्त्रण गर्नुहोस् वा खेल मिति निश्चित गर्नुहोस् । यसो गर्नाले सबै बच्चाले समान रुपमा रमाइलो गर्न सक्छन् । खेलको बखत घरको वातावरण सुरक्षित हुनुपर्छ । सहयोग नमागे सम्म बच्चाहरुको खेलमा हस्तक्षेप नगर्नुहोस् । कुनै पनि समस्या आएमा उनीहरु आफैलाई समाधान गर्न दिनुहोस् । 
बच्चाहरुलाई यो उमेरमा अरुको धारणा बुझ्न निकै कठिन हुन्छ, त्यसलै कहिलेकाँही उनीहरुले आक्रमक व्यवहार देखाउनु सामान्य हो । यसमा तपाईले प्रतिक्रिया जनाउनु पर्दैन । याद गर्नुहोस्, उनीहरुको यो व्यवहार कसैलाई हानी गर्नमा लक्षित हुँदैन । आवश्यक पर्दा बच्चालाई राम्ररी बुझाइदिनु होस्, जुन उसले सिक्ने महत्वपूर्ण शिक्षा हुनेछ । खराब वानीका लागि सजाय दिनु भन्दा सधै राम्रो बानीका लागि उत्प्रेरित गर्नु वेश हुन्छ । बच्चाले सबै कुरा देखिरहेका हुन्छन् र चाँडै सिकिरहेका पनि हुन्छन् । घरभित्रको खेलमा मात्र बच्चालाई सिमित नगर्नुहोस्, बाहिर पनि लैजानुहोस् । कुनै पनि साना गाडी चलाउनु अघि नै त्यसको आधारभूत सीपबारे बच्चालाई थाहा भएको हुनुपर्छ । दुई वर्ष सम्मका बच्चाहरु आफ्ना दृष्टिकोणमा मात्र भर परेका हुन्छन्, तर तीन वर्षको भएपछि उनीहरुको दिमागी तथा कानको भित्री भागको विकासले शारिरिक क्षमता वृद्धिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यो परिवर्तनले अस्थायी रूपमा द्ध(छ वर्षको उमेरमा बच्चाको विकास रोक लगाउन समन्वयमा  सक्छ।

कहिलेकाँही बच्चाहरुलाई सन्तुलन कायम गर्न केन्द्रित भएको पाउनुहुन्छ जसले बच्चाको अन्य क्षेत्रको विकासमा बाधा सिर्जना गर्न सक्छ । समयसँगै उसलाई उफ्रने, दौडने जस्ता खेल अत्यन्त साधारण लाग्न थाल्छन् । बच्चाको उमेर, क्षमता अनुसार उसका लागि खेलको छनौट गर्नुपर्छ । 

माथि नै उल्लेख भए अनुसार बच्चाहरु आफ्नै तरिकाले बढिरहेका हुन्छन् । माथि उल्लेखित समय र वृद्धि विकासको ढाँचामा केही फरक परेमा समेत तपाई आत्तिनु पर्दैन । तर चार वर्षको भएपछि बच्चाले तल उल्लेखित क्रियाकलाप गरेकै हुनुपर्छ, त्यसो नभएमा अवस्थमा तपाईले चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । 

  1. बल फाल्ने

  2. उही ठाउँमा उफ्रने 

  3. तीन पाङग्रे साधन चलाउने 

  4. बुढी औला र अन्य औलाको सहयोगमा लेख्ने कुरा च्याप्ने  

  5. गोलकार बस्तुको आकृति उतार्ने  

  6. चार वटा वर्गको सहायताले टावर बनाउने

  7. खेलमा रुची देखाउने 

  8. परिवारका सदस्य बाहेकका व्यक्तिलाई प्रतिक्रिया जनाउने

  9. तीन वा सो भन्दा बढी शब्द प्रयोग गरी वाक्य बनाउने 

  10. म र तिमी जस्ता शब्दको सही प्रयोग गर्ने 

 

बच्चाले नियमित तलका गतिविधि गरेमा पनि चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । 

  • अविभावकले एक्लै छोडदा रोएमा 

  • अरु बच्चालाई वेवास्ता गरेमा 

  • लुगा लगाउन, सुत्न वा नुहाउन नचाहेमा 

bottom of page